
कपिलवस्तु, ७ जेठ । जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर ५ सिसहनिया र वडा नम्बर ४ गौरामा ८ जना पशुपालक किसानलाई भैसी बितरण गरिएको छ । इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा लुम्बिनी एकिकृत बिकास संस्था (लिडो नेपाल) ले सञ्चालन गरेको न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि परियोजना अन्र्तगत आय आर्जनमा सहयोग पुर्याउने उद्धेश्यले भैसी बितरण गरिएको हो ।
प्रति पशुपालक लाभग्राहीलाई बिमा र यातायात खर्च सहित ४६ हजार ४ सय ४० मुल्य बराबरको भैसी सहयोग गरिएको हो । सिसहनीयामा लिडो नेपालका सदस्य ओम प्रकाश गुप्ता, वडा नम्बर ५ का अध्यक्ष राधवेन्द्र प्रसाद पाण्डेय र वडा सदस्य राजकुमार कलवारले छनौटमा परेका पशुपालकलाई भैसी बितरण गरेका थिए । त्यसै गरि वडा नम्बर ४ गौरामा संस्थाका सदस्य गुप्ता, वडा सदस्य हृदयराम यादव र वडा सचिव शिवगुलाम कलवारले भैसी बितरण गरेका थिए । न्यून आय भएका र संकटासन्न समुदायहरुको आजआर्जनमा बृद्धि गरि जिवनस्तरमा सुधार ल्याउने उद्धेश्यका साथ भैसी बितरण गरिएको कार्यक्रमका कृषी अधिकृत सोहन गुप्ताले बताए ।स्थानिय तह सँगको सहकार्यमा न्यून आय भएका र संकटासन्न समुदायका सदस्य छनौट गरि भैसी बितरण गरिएको कार्यक्रम म्यानेजर शुसिल कुमार चौधरीले बताए । पशुपालक कृषकलाई पशुपालन व्यवस्थापन सहयोग कार्यक्रम अन्र्तगत सहयोग गरि आयआर्जनमा टेवा पुर्याउने लक्ष्य राखिएको लिडो नेपालकी कार्यकारी निर्देशक सुनिता बेल्बासेले बताईन । कार्यक्रममा मायादेवी गाउँपालिकाको वडा नम्बर २,४,५,७,८ र शुद्धोधन गाउँपालिकाको वडा नम्बर १,२ र ३ नम्बर वडाका पशुपालक लाभग्राहीलाई १ सय ३० बाख्रा र ७० भैसी बितरण गर्ने योजना रहेको कार्यकारी निर्देशक बेल्बासेले स्पष्ट पारिन ।